अजोड इन्स्योरेन्सद्धारा ३ दिने कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अजोड इन्स्योरेन्सद्धारा ३ दिने कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न



काठमाडौं । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले ३ दिने कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सले जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो रहेका थिए ।

साथै, कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्