प्रभु इन्स्योरेन्सको संचालकमा शिक्षा भट्टचन चयन « Arthapath.com
८ असार २०७९, बुधबार

प्रभु इन्स्योरेन्सको संचालकमा शिक्षा भट्टचन चयन



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संचालकमा शिक्षा भट्टचन चयन भएकी छन् । इन्स्योरेन्सले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालन परिवर्तन गरेको जनाएको हो ।

कम्पनीको संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा उक्त कम्पनीको पत्रद्धारा तहाँबाट प्रतिनिधित्व गर्नुहुने संचालक परिर्वतन गरी शिक्षालाई प्रतिनिधि मनोनयन गरेको हो ।

कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले शिक्षा भट्टचनलाई चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्