२२ बीमा कम्पनीलाई बीमा समितिको डण्डा, १० हजारदेखि साढे १० हजार रुपैयाँसम्म जरिवाना « Arthapath.com
९ असार २०७९, बिहीबार

२२ बीमा कम्पनीलाई बीमा समितिको डण्डा, १० हजारदेखि साढे १० हजार रुपैयाँसम्म जरिवाना



काठमाडौं । नियामक निकाय बीमा समितिले विभिन्न २२ वटा बीमा कम्पनीलाई कारवाही गरेको छ । समयमा लेखापरिक्षण नबुझाउने २२ बीमा कम्पनीहरुलाई बीमा समितिले कारवाही गरेको हो ।

बीमा समितिले निर्धारित समयमा वित्तीय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई कारवाही गरी १० हजारदेखि १० हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएको हो ।

बीमा समितिले नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पाेरेशन, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योती लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, पभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाा जरिवाना तिराईएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, गराँस लाइफ, आइएमई लाइफ, यूनियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा लाइफ, दि ओरिएण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई भने १० हजार ५ सय रुपैयाँ जरिवाना तिराईएको हो ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराइ सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी–जानी उल्लघंन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको बीमा समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्