लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१४ असार २०७९, मंगलवार

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ असार १४ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्रै लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले असार २९ गते १७ औं साधारण सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बोलाएको छ ।

साथै सभाले आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान, हिसाब, नगद प्रवाह विवरण र अनुसूचीहरु पारित गर्नेछ ।

सभामा लेखा परिक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने, हालको लेखापरिक्षक एसएआर एसोसिएटसलाई पुनः नियुक्ति गर्ने प्रस्ताव र स्वतन्त्र संचालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्तिलाई पारित गर्नेछ ।

कम्पनीको सभाले अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने, प्रबन्धपत्रको दफा संशोधन गर्ने, प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ संचालकको निर्वाचन गर्ने एजेण्डा पारित गर्नेछ ।

त्यस्तै, अन्य कुनै कम्पनीसंग प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजन गर्न उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको लागि सैदान्तिक स्वीकृतिका लागि समिति समक्ष निवेदन दिने, सम्पति वा दायित्वको मुल्याङकन गर्न मुल्याङकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्