सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सोमबार बस्दै, के के छन् एजेण्डा ? « Arthapath.com
१९ असार २०७९, आईतवार

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सोमबार बस्दै, के के छन् एजेण्डा ?



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार (असार २० गते) बस्दै छ । सभा स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजे बस्ने गरी बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद गरी कूल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । त्यस्तै सभाले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते एक दिन बुकक्लोज गरेको हुदाँ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्