रिलायन्स लाइफद्धारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान « Arthapath.com
२१ असार २०७९, मंगलवार

रिलायन्स लाइफद्धारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाद्धारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशाले आरोहण गाइड हुन ।

उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला , महाकुलुङ गाउँपालिका , वडा नम्बर ०१ हो । उनले आरोहणको मौसममा ट्रेकिङ गाइडको रुपमा काम गर्नुहुन्छ र अफ सिजनमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध भइ काम गरेका हुन । बिशेषगरी कोरोना महामारीको समयमा उनले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग जोडिन थिइन । उनले २०७९ साल बैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराइएकि थिइन् ।

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज एक कार्यक्रम आयोजना आयोजना गरी कम्पनीको केन्द्रिय कार्यालयमा उनको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गर्दै तपाईजस्तो युवाले आज देशको नाम विश्वको कुना कुनामा सगरमाथासँगै अगाडि बढाउनु भएकोमा हामी रिलायन्स लाइफ इन्स्योरेन्स परिवार हृदयदेखि नै सम्मान गर्दै तपाइको यो साहस र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानरलाई सर्वोच्च शिखरमा राख्न सफल हुनु भएकोमा हामी अत्यन्तै आभारी रहेको बताए । आगामी दिनमा अगाडी बढ्ने बाटोमा रिलायन्स लाइफ इन्स्योरेन्स सदैव साथ रहनेछ र सहयोग गर्ने बिश्वास समेत उनले दिलाए ।

साथै उनले “दाकिपा शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बीमाकर्मी हुन । जसले हामीलाई यस्तो गर्व गर्ने स्थान दिनुभएको छ र हाम्रो ब्राण्डलाई सगरमाथाको चुचुरोमा पु¥याइदिनु भएको छ । मलाई बिश्वको अग्लो शिखर सगरमाथामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको व्यानर फहराउन पाउँदा असाध्यै खुशी लागेको छ । त्यो क्षणमा मैले सबै थकाइ बिर्सेछु” । भने, अन्तमा रिलायन्स लाइफ इन्स्योरेन्स परिवार र हाम्रो बालुवाखानीका शाखा प्रमुख गोपाल बस्नेत सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आरोही दाकिपा शेर्पाले भने ।

यस सम्मान कार्यक्रममा कम्पनीका सम्पुर्ण कर्मचारीहरु , संचालक समितिका सदस्यहरु एवं मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी व्यवस्थापनको तर्फबाट हृदयदेखि नै धन्यवाद दिदै रु ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीद्धारा उनलाई सम्मान गर्न पाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स गर्व गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस्