हिमालयन जनरल इन्स्याेरेन्सकाे व्यवसायीक छलाङ, २ सय कराेड प्रिमियम संकलन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्समा नयाँ व्यवस्थापन आयसँगै व्यवसाय पनि तिब्र बृद्धि भएकाे छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहकाे नेतृत्वले व्यवसाय बृद्धिलाई प्रमुख आधार बनाएर अघि बढेकाे छ । नयाँ व्यवस्थापले सम्हालेसँगै कम्पनी छलाङ मारेकाे छ ।
एभरेष्ट इन्स्याेरेन्ससँग मर्जरमा रहेकाे कम्पनीले २०७९ असार २४ गते शुक्रबारसम्म्म २ सय कराेड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । उक्त कम्पनीको इतिहासमा नै पहिलो पटक २ सय कराेड प्रिमियम संकलन गर्न सफल भएकोमा झम्सिखेल स्थित होटल विभान्तामा एक संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले केक काट्नुका साथै सम्पूर्ण कर्मचारीहरुमा वधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले कर्मचारीहरुमा बधाई तथा धन्यबाद ज्ञापन गर्दै आफू अत्यन्त उत्साहित भएको र आगामी दिनहरुमा कम्पनीलाई नेपाली बीमा बजारमा उल्लेख्य र सबल कम्पनीको रुपमा प्रस्तुत गरिने बताए ।
सो कार्यक्रममा संचालक समितिका अध्यक्ष, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।