रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष केडिया सहित चार जना संचालकको कार्यकाल थप
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष सहित चार जना संचालकको कार्यकाल थप गरेको छ । इन्स्योरेन्सले नेप्से मार्फत एक सूचन प्रकाशित गर्दै सस्थापक समूह तर्फका संचालकहरुको कार्यकाल थप गरेको जनाएको हो ।
कम्पनीको २०७५ असार ३१ गते सम्पन्न भएको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भई विद्यमान रहेका संस्थापक समूह तर्फका संचालक समितिका सदस्य अध्यक्ष ताराचन्द्र केडिया, संचालकहरु भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल र अमित कुमार बेगानीको कार्यकाल थप गरेको हो ।
उन चारै जनाको कार्यकाल २०७९ असार ३० गते समाप्त हुने भएको आगामि साधारण सभाले निर्वाचित भई आउने संस्थापक तर्फका संचालक सदस्यहरुलाई कार्यभार हस्तान्तरण नगरुन्जेलसम्मका लागि कार्यकाल थप गरेको कम्पनीले जनाएको छ ।
















