लुम्बिनी जनरल इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास मुल नियुक्त « Arthapath.com
२९ असार २०७९, बुधबार

लुम्बिनी जनरल इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास मुल नियुक्त



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको छ । आज बसेको १७औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) जना संचालक विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.)लाई निर्वारोध निर्वाचित गरेको थियो

आजै सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मुललाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिको कार्यालयमा आजै पद तथा गोपनियताको सपथ गराएका हुन ।

सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्