प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता, स्वाप रेसियो १००:७० « Arthapath.com
१ श्रावण २०७९, आईतवार

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता, स्वाप रेसियो १००:७०



काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा मर्जरमा जाने समझदारी गरेको छ । शनिबार (असार ३२ गते) दुबै कम्पनीबीच एकापसमा मर्जरमा जाने सहमति भएको हो ।

उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका सदस्य चिरन्जीबी द्वाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनी बीचमा १०० : ७० शेयर अनुपात(स्वाप रेसियो) कायम हुने गरि मर्जर सम्झौता भएको हो ।

मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहने जनाएको छ भने मर्जर पछिको बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य रहनेछन् भने अध्यक्षमा अजोड इन्स्योरेन्सका आजाद श्रेष्ठ रहने छन् ।


प्रतिक्रिया दिनुहोस्