प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको शेयर कारोबार रोक्का « Arthapath.com
१ श्रावण २०७९, आईतवार

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । दुबै इन्स्योरेन्सले असार ३२ गते एक आपसमा मर्ज हुने सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

दुबै कम्पनीको मर्ज सम्बन्धी सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका सदस्य चिरन्जीबी द्वाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनी बीचमा १०० ः ७० शेयर अनुपात(स्वाप रेसियो) कायम हुने गरि मर्जर सम्झौता भएको हो ।

मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहने जनाएको छ भने मर्जर पछिको बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य रहनेछन् भने अध्यक्षमा अजोड इन्स्योरेन्सका आजाद श्रेष्ठ रहने छन् ।

हाल प्रभु इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ र अजोडको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । मर्जरपछि चुक्ता पुँजी करिब दुई अर्ब रुपैयाँ कायम हुने देखिन्छ


प्रतिक्रिया दिनुहोस्