सूर्या लाइफको विशेष साधारण सभा साउन १९ गते, ज्योति लाइफसँगको मर्जरलाई अन्तिम रुप दिने « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सूर्या लाइफको विशेष साधारण सभा साउन १९ गते, ज्योति लाइफसँगको मर्जरलाई अन्तिम रुप दिने



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । असार ३० गते बसेको संचालक समितिको बैठकले होटल हैरिसन प्यालेस बजरगंबलीमार्ग विराटनगरमा साउन १९ गते बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्ने छ । सूर्या लाइफ र ज्योति लाइफ असार १२ गते मर्जरमा जाने समझदारी गरेका थिए । इन्स्योरेन्स कम्पनीको शेयर कारोबार असार १३ गते देखी रोक्का रहेको छ ।

उक्त सभाले नियमकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीममा कम्पनीको पहिचान तथा छनौट गर्ने एव संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको बारेको निर्णय अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्