सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभ र सेल्स असिस्टेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टू उत्तिर्णदेखि स्नातक उत्तिर्ण कर्मचारी खाजेको छ ।
योग्यता पुगको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
