समयसीमाभित्र पूँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का हुने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी नवौं वार्षिकोत्तवको अवसरमा बोल्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समयसीमाभित्र पूँजी बृद्घि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने बताएका छन् । समितिले तोकेको समयसीमाभित्र पूँजी बृद्घि नगर्ने कम्पनीको कारोबार रोक्का बताएका हुन ।
तोकिएको समयसीमाभित्र तोकिएको पूँजी नपु¥याउने सरकारी र निजी क्षेत्रको जुन सुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उनको भनाइ थियो । साथै राष्ट्रि बीमा कम्पनीललाई आफनो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु¥याई बीमाको पहुँच र दायरा बृद्घि गर्न बीमा बजारका नवीनतम अवसरलाई आत्मसात गर्दै प्रतिष्पर्धात्मक एवं ग्राहकमुखी बीमा सेवा उपलब्ध गराउन आग्रह गरे ।