प्राइम लाइफ इन्स्योरेन्सको सीईओमा निर्मल दाहाल नियुक्त « Arthapath.com
१९ श्रावण २०७९, बिहीबार

प्राइम लाइफ इन्स्योरेन्सको सीईओमा निर्मल दाहाल नियुक्त



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पाएको छ । कम्पनीको सीइओमा निर्मल दाहाललाई नियुक्त गरिएको हो ।

कम्पनीको सञ्चालक समितिले दाहाललाई सिईओमा नियुक्त गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो । कम्पनीको सिईओमा दाहाललाई नियुक्त गर्न समितिले बिहिबार स्वीकृति दिएको हो ।

यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि उक्त पद रिक्त रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्