नेपाल लाइफको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण शेयर कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सरचंना परिवर्तन भएको छ । कम्पनीको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको ७३ लाख ८७ हजार एक सय ६९ दशमलव ९० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।
