सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा ३२ करोड माथि, चुक्तापूँजी १ अर्ब माथि हुदाँ अन्य सूचक कस्तो ? « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा ३२ करोड माथि, चुक्तापूँजी १ अर्ब माथि हुदाँ अन्य सूचक कस्तो ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ३२ करोड १० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको यो नाफा ८ दशमलव ३२ प्रतिशत कम हो । अघिल्लो आव सो अवधिसम्म कम्पनीले ३५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको जम्मा आम्दानी २ दशमलव ४४ प्रतिशत बढेर ६१ करोड ८८ लाख भएको छ भने १७ दशमलव २७ प्रतिशत बढी २९ करोड ७७ लाख जम्मा खर्च भएको छ । बीमा कोष रकम अघिल्लो वर्षभन्दा गत वर्ष करिब १६ प्रतिशत बढेर १ अर्ब १६ करोड ८३ लाख कायम भएको छ ।

१५ प्रतिशत बोनस शेयर वितरण गरी१ अर्ब २८ करोड ८० लाख चुक्तापूँजी पु¥याएको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ९.३७ प्रतिशतले घटेर ३१ करोड २६ लाख १७ हजार रुपैयाँ, महाविपत्ती कोष १९.६४ प्रतिशतले बढेर ९ करोड १८ लाख ४१ हजार रुपैयाँ, जारी बीमा पोलिसी संख्या २७ प्रतिशतले घटेर १ लाख ७९ हजार ९३, खुद बीमा शुल्क १४ प्रतिशतले बढेर १ अबए ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ र खुद भावी भुक्तानी २० प्रतिशतले बढेर ६९ करोड २४ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २४ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ २२२ दशमलव ११ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्