सूर्या लाइफको जीवन बीमा कोषमा झण्डै १५ अर्ब, कुल बीमाशुल्क आम्दानी १९% ले बढ्दा अन्य सूचक कस्तो ? « Arthapath.com
२९ श्रावण २०७९, आईतवार

सूर्या लाइफको जीवन बीमा कोषमा झण्डै १५ अर्ब, कुल बीमाशुल्क आम्दानी १९% ले बढ्दा अन्य सूचक कस्तो ?



काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कोष ३२.७८ प्रतिशतले बढेर १४ अर्ब ९४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ५५ करोड १० लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको कुल बीमा शुल्क ४ अर्ब ९२ करोड ९ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको भन्दा १८.६८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क ४ अर्ब १४ करोड ६३ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब २३ करोड३५ लाख ८२ हजार रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा कुल बीमा शुल्क आम्दानी १९.३ ८ प्रतिशतले बढेर ५ अर्ब ५ करोड ३९ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले १३ करोड ४५ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा कम्पनीको खुद नाफा ३२ दशमलव ७४ प्रतिशत कम भएको हो । अघिल्लो आवमा कम्पनीले २० करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

कम्पनीको हाल चुक्तापूँजी ३२.७८ प्रतिशतले बढेर २ अर्ब ५५ करोड २ लाख २ हजार रुपैयाँ, जगेडा कोष रकम १०.१३ प्रतिशतले घटेर ६६ करोड ५६ लाख २ हजार रुपैयाँ, महाविपत्ती कोष १७.२० प्रतिशतले बढेर १६ करोड ७ लाख १५ हजार रुपैयाँ, कुल दाबी भुक्तानी ३८.१८ प्रतिशतले बढेर १ अर्ब २३ करोड ९५ लाख ७५ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ७६.५१ प्रतिशतले बढेर ७८ करोड ८ लाख ६५ हजार रुपैयाँ, अभिकर्ता कमिसन २७ प्रतिशतले बढेर ६१ करोड ७५ लाख ३४ हजार रुपैयाँ, बीमालेख धितो कर्जा ६५.६५ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ४५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५ दशमलव २८ र प्रतिशेयर नेटवर्थ १२३ दशमलव ३७ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्