एलआइसी नेपालको जीवन बीमा कोष ९३ अर्ब माथि, खुद दाबी भुक्तानी २३ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमामससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १५.५० प्रतिशतले बढेर ९३ अर्ब ६३ करोड ६ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ८१ अर्ब ६ करोड ९९ लाख ५२ हजार रुपैयाँमा सिमित रहेको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको खुद दाबी भुक्तानी २३.२० प्रतिशतले बढेर ९ अर्ब ६ करोड ३६ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७ अर्ब ३५ करोड ६९ लाख १३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ अर्ब ४ करोड ९० लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद बीमा शुल्क बढेर १८ अर्ब १३ करोड ९८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा आइपुग्दा कम्पनीको खुद नाफा १४५.८० प्रतिशतले घटेर ८ करोड ७४ लाख ७९ हजार रुपैयाँ, जगेडा कोष ५ प्रतिशतले घटेर ६१ करोड ५५ लाख १८ हजार रुपैयाँ, महाविपत्ती कोष ३४.९० प्रतिशतले बढेर ३६ करोड ५ लाख ९४ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ७.२२ प्रतिशतले बढेर९६ करोड ६७ लाख ७४ हजार रुपैयाँ र चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा एलआइसी नेपाल प्रतिसेयर ३ रुपैयाँ ३० पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १३६ रुपैयाँ ७९ पैसा छ ।