शिखर इन्स्योरेन्सको मुनाफा २९%ले वृद्धि, बीमा कोषमा १ अर्ब ४१ करोड पुग्दा अन्य सूचकमा समेत छलाङ « Arthapath.com
३० श्रावण २०७९, सोमबार

शिखर इन्स्योरेन्सको मुनाफा २९%ले वृद्धि, बीमा कोषमा १ अर्ब ४१ करोड पुग्दा अन्य सूचकमा समेत छलाङ



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा २८.९३ प्रतिशतले बढेर ४० करोड १४ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बिमा कोषको आकार १६.५८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १६ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा भने बीमा कोष १ अर्ब २१ करोड ९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ९७ करोड २३ लाख ८९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा कुल बीमा शुल्क २६.१० प्रतिशतले बढेर ५ अर्ब ९२ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षाा अवधिमा कम्पनीको जगेडा कोष पनि ३९.४३ प्रतिशतले सुधार हुँदै ७० करोड ९७ लाख रुपैयाँ, खुद बिमा शुल्क आर्जन १८.५० प्रतिशतले बढेर १ अर्ब ३९ करोड १० लाख रुपैयाँ, खुद दाबी भुक्तानी ९.२४ प्रतिशतले बढेर ९७ करोड ५० लाख ५८ हजार रुपैयाँ, चुक्तापूँजी ३० प्रतिशतले बढेर २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ, महाविपित्ती कोष ११ करोड ८ लाख १८ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ४.५७ प्रतिशतले बढेर ५८ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ३६.९ हुँदा प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५६ रुपैयाँ ५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्