महालक्ष्मी लाइफको जीवन बीमा कोष र खुद नाफामा छलाङ

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा छलाङ आएको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोष ५८.०८ प्रतिशतले बढेर २ अर्ब १२ करोड ७९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ३४ करोड ६१ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मा आइपुग्दा कम्पनीको खुद नाफा २४.४१ प्रतिशतले सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा ९ करोड ४०लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ११ करोड ७० लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै कम्पनीको खुद बीमा शुल्क १ अर्ब ५३ करोड ४६ लाख ५९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४१.९५ प्तिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ८ करोड ११ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ४४.९८ प्रतिशतले बढेर २६ करोड ८७ लाख २९ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ५.२६ प्रतिशतले बढेर १८ करोड ९५ लाख ९२ हजार रुपैयाँ, अभिकर्ता कमिशन २४.१३ प्रतिशतले बढेर २६ करोड ३१ लाख ९६ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ७.३६ प्रतिशतले बढेर ३२ करोड ४९ लाख २० हजार रुपैयाँ, महाविपत्ती कोष ६१ प्रतिशतले बढेर ३ करोड ३२ लाख ३७ हजार रुपैयाँ रहेको छ ।