एशियन लाइफको ओरालाे यात्रा, नाै कराेड नाफा घट्याे « Arthapath.com
३० श्रावण २०७९, सोमबार

एशियन लाइफको ओरालाे यात्रा, नाै कराेड नाफा घट्याे



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा १६ करोड ९४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस इन्स्योरेन्सले २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा ३३.३८ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा जीवन बीमा कोष २१.१८ प्रतिशतले बढेर ३२ अर्ब ९ करोड ९१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ४८ करोड ७७ लाख २० हजार रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले नोक्सानी व्यवस्थाका लागि ११ करोड ५८ लाख रुपैयाँ छुट्याएपछि नाफामा प्रभाव परेको देखिएको छ । असार मसान्तसम्म कम्पनीको जगेडा कोष पनि ३५.१० प्रतिशतले घटेर ५८ करोड ३६ लाख रुपैयाँ, जीवन बिमा कोषको आकार भने २१.१८ प्रतिशतले बढेर ३२ अर्ब ९ करोड रुपैयाँ, खुद बिमा शुल्क आर्जन १७.१९ प्रतिशतले बढेर ६ अर्ब ८० करोड रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ, अभिकर्ता कमिशन १६.२३ प्रतिशतले बढेर ८२ करोड ६७ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६७ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ३७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्