मर्जर प्रक्रियामा रहेको प्राइम लाइफको जीवन बीमा कोषमा साढे १८ अर्ब, अन्य सूचक समेत आकाशिदैं « Arthapath.com
३० श्रावण २०७९, सोमबार

मर्जर प्रक्रियामा रहेको प्राइम लाइफको जीवन बीमा कोषमा साढे १८ अर्ब, अन्य सूचक समेत आकाशिदैं



काठमाडौं ।प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कोष २६.२९ प्रतिशतले बढेर १८ अर्ब ५५ करोड ९२ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ६९ करोड ५७ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब ३४ करोड ८१ लाख ७१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब १३ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष कम्पनीको खुद दाबी भुक्तानी १९.१६ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २३.०१ प्रतिशतले घटेर ५३ करोड २७ लाख ९८ हजार रुपैयाँ, महाविपत्ती कोष १६ प्रतिशतले बढेर १७ करोड ९८ लाख १३ हजार रुपैयाँ, खुद बीमा शुल्क १५.९८ प्रतिशतले बढेर ४ अर्ब ६१ करोड ३१ लाख ३८ हजार रुपैयाँ, खुद नाफा २८.६१ प्रतिशतले घटेर २२ करोड ८८ हजार रुपैयाँ र ब्यवस्थापन खर्च १.२९ प्रतिशतले बढेर ६१ करोड ८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७.९२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.६४ रुपैयाँ रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ र प्राइफ लाइफबीच मर्जरमा जाने सम्झौता भइरसकेको छ ।


प्रतिक्रिया दिनुहोस्