सानिमा लाइफको मुनाफा ५४ प्रतिशतले वृद्धि, जीवन बीमा कोष ३ अर्ब माथि जाँदा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
३० श्रावण २०७९, सोमबार

सानिमा लाइफको मुनाफा ५४ प्रतिशतले वृद्धि, जीवन बीमा कोष ३ अर्ब माथि जाँदा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा आकाशिएको छ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५४ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० करोड २७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा बढेर १५ करोड ९१ लाख १३ हजार रुपैयाँ पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको जीवन बीमा कोषमा ५९.३१ प्रतिशतको सुधार आएको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोष ३ अर्ब ३४ करोड ८७ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २ अर्ब १० करोड २० लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ३३२.५२ प्रतिशतले बढेर ४३ करोड ८३ लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १० करोड १३ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमा शुल्क १९.७० प्रतिशतले बढेर २ अर्ब ३१ करोड ६७ लाख ९४ हजार रुपैयाँ, जगेडा कोष ५८ प्रतिशतले बढेर ३९ करोड १८ लाख ८७ हजार रुपैयाँ, महाविपत्ती कोष ६१.९८ प्रतिशतले बढेर ४ करोड माथि रहेको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी २ अर्ब रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ६७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्