सन नेपाल लाइफको मुनाफामा छलाङ, जीवन बीमा कोष ४७ प्रतिशतले बढ्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १०२.४५ प्रतिशतले बढेर २१ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १० करोड ६० लाख रुपैयाँमा सिमित रहेको थियो ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोष ४७ प्रतिशतले बढेर ३अर्ब ५१ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २ अर्ब ३९ करोड १२ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ९० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद बीमा शुल्क ३३.७८ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ८४.०१ प्रतिशतले घटेर ५४ करोड ८८ लाख रुपैयाँ, महाविपत्ती कोष ६१ प्रतिशतले बढेर ६ करोड ९ लाख रुपैयाँ, खुद दाबी भुक्तानी १८१ प्रतिशतले बढेर ४१ करोड ७९ लाख रुपैयाँ र ब्यवस्थापन खर्च २७.८० प्रतिशतले बढेर ५३ करोड ५६ लाख रुपैयाँ रहेको छ ।