नेपाल इन्स्योरेन्सको बीमा कोष २८ प्रतिशतले बढ्यो, मुनाफा करिब ३३ करोड

काठमाडौ. । गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा ७.३४ प्रतिशतले बढेर ३२ करोड ८९ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस इन्स्योरेन्सले ३० करोड ६४ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको बिमा कोषको आकार र खुद बिमा शुल्क आर्जन दुवै बढेको छ ।
बिमा कोषको आकार २७.८६ ले बढेर ७३ करोड ३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ५७ करोड १२ लाख १४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १.४२प्रतिशतले बढेर ६९ करोड ८१ लाख १७ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ३०६.६६ प्रतिशतले बढेर ३९ करोड ४८ लाख ६३ हजार रुपैयाँ, चुक्तापूँजी ११ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ, कुल बीमा शुल्क ११.२० प्रतिशतले बढेर १ अर्ब ५७ करोड ९९ लाख ७४ हजारु रपैयाँ रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ६० पैसा छ ।