प्रिमियर इन्स्योरेन्सको बीमा कोष १ अर्ब माथि, खुद नाफा भने ओरालो « Arthapath.com
३० श्रावण २०७९, सोमबार

प्रिमियर इन्स्योरेन्सको बीमा कोष १ अर्ब माथि, खुद नाफा भने ओरालो



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ३.५४ प्रतिशतले घटेर ३६ करोड ४ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ३७ करोड ३७ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ६.३२ प्रतिशतले घटेर ७१ करोड ४३ लाख ८ हजार रुपैयाँमा आर्जन गरेको छ । कम्पनीको बीमा कोष १९.७२ प्रतिशतले बढेर १ अर्ब २ करोड ६ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ८५ करोड २५ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ, जगेडा कोष २.८३ प्रतिशतले घटेर३९ करोड ७५ लाख रुपैयाँ, खुद बीमा शुल्क ६.३२ प्रतिशतले घटेर ७१ करोड ४३ लाख ८ हजार रुपैयाँ, कुल बीमा शुल्क १०.४० प्रतिशतले बढेर २ अर्ब १० करोड ९४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्