रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ७४ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा समेत छलाङ

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ७४.११ प्रतिशतले बढेर १२ करोड २१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ७ करोड १ लाख ४६ हजार रुपैयाँमा सिमित रहेको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा कम्पनीको जीवन बीमा कोष ४२.६१ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड १६ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । अहिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ६३ करोड ७ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै असार मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क १८.८७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५१ करोड ७५ लाख ५४ हजार रुपैयाँ रहेको खुद बीमा शुल्क यस समिक्षा अवधिमा २ अर्ब ९९ करोड २६ लाख ९ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ४.८७ प्रतिशतले बढेर २१ करोड ५२ लाख १० हजार रुपैयाँ, खुद दाबी भुक्तानी १४३.२४ प्रतिशतल बढेर ७७ करोड ९६ लाख ६८ हजार रुपैयाँ, ब्यवस्थापन खर्च १.२३ प्रतिशतले बढेर ५३ करोड १३ लाख ७० हजार रुपैयाँ, अभिकर्ता कमिशन ११ प्रतिशतले बढेर ४६ करोड ३४ लाख १४ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा रहेको छ ।