नेशनल लाइफको जीवन बीमा कोष ५१ अर्बमा उक्लियो, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

नेशनल लाइफको जीवन बीमा कोष ५१ अर्बमा उक्लियो, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ४० करोड ८८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस इन्स्योरेन्सले ४० करोड १२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा १.९१ प्रतिशतले बढेको हो ।

यस अवधिमा आइपुग्दा कम्पनीको जीवन बीमा कोष २०.५८ प्रतिशतले बढेर ५१ अर्ब १५ करोड ५३ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ४२ अर्ब ४२ करोड ४२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १७.८८ प्रतिशतले बढेर १४ अर्ब २८ करोड ३९ लाख ८४ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १२ अर्ब ११ करोड ७३ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म कम्पनीको जगेडा कोष २४.४० ले घटेर ६६ करोड ७१ लाख रुपैयाँ, चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ४६.५१ प्रतिशतले बढेर ५ अर्ब ७९ करोड ६७ लाख ७२ हजार रुपैयाँ र ब्यवस्थापन खर्च १०.६६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ४४ लाख २१ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्