गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६।०७७ को मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई ७.८३१७१ प्रतिशत लाभांश घोषण गरेको हो ।
कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफा कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४१ लाख ५० हजार रुपैयाँबाट ७.४४ प्रतिशत बोनस शेयर र ०.३९१७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भएपश्चात इन्स्योरेन्स कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । त्यसपछि मात्र शेयरधनीहरुमा वितरण हुने ।
