सगरमाथा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब २२ करोड, मुनाफा साढे ८% ले घट्दा अन्य सूचक कस्तो ? « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

सगरमाथा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब २२ करोड, मुनाफा साढे ८% ले घट्दा अन्य सूचक कस्तो ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा सामान्य ८.७१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यसै अवधिमा ४४ करोड ६ लाख रुपैयाँ रहेको खुद नाफा ८.७१ प्रतिशत घटेर गत असार मसान्तसम्ममा ४० करोड २२ लाख ७८ हजार रुपैयाँमा आएको हो ।

यस अवधिमा कम्पनीको बीमा कोष १७.८९ प्रतिशतले बढेर १ अर्ब २२ करोड ४८ लाख २० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ३ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन भने २५.७१ प्रतिशतले बढेर १ अर्ब ४१ करोड ११ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने उक्त आर्जन १ अर्ब १२ करोड २५ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, नोक्सानी व्यवस्थाका लागि १० करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएपछि खुद नाफा प्रभावित भएको देखिन्छ । कम्पनीको चुक्तापूँजी २० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ, कुल बीमा शुल्क १८.७४ प्रतिशतले बढेर ३ अर्ब १० करोड ६३ लाख ४३ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ३० प्रतिशतले बढेर ४१ करोड ८२ लाख ३१ हजार रुपैयाँ र जगेडा कोष ५.६० प्रतिशतले घटेर ४६ करोड ९५ लाख २३ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ३० रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ १ पैसा छ । हाल सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्