नेको इन्स्योरेन्सको मुनाफा ५५ करोड माथि, बीमा कोष २५ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

नेको इन्स्योरेन्सको मुनाफा ५५ करोड माथि, बीमा कोष २५ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको ५५ करोड १ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ ले धेरै हो । अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ४.५० प्रतिशतले बढेर असार मसान्तसम्म १ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ६५ करोड ८ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ, बिमा कोषमा २५.०२ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ४४ लाख ५३ हजार रुपैयाँ, रिजर्भ कोष ४.१३ प्रतिशतले बढेर ४८ करोड ७३ लाख रुपैयाँ र ब्यवस्थापन खर्च ३०.६७ प्रतिशतले बढेर ४८ करोड ९८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्