मेट लाइफको खुद बीमा शुल्क झण्डै ५ अर्ब, खुद नाफा कति ? « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

मेट लाइफको खुद बीमा शुल्क झण्डै ५ अर्ब, खुद नाफा कति ?



काठमाडौं । मेट लाइफले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ९.२७ प्रतिशतले बढेर२० अर्ब ४४ करोड ४९ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १८ अर्ब ७१ करोड ६ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ४.०१ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ६२ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क ४ अर्ब ८१ करोड ७४ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफा २४ करोड ७६ लाख ८८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ३५ करोड १० लाख ९१ हजार रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सो नाफा २९.४५ प्रतिशतले घटेको हो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ९ प्रतिशतले २ अर्ब ६२ करोड ६१ लाख १७ हजार रुपैयाँ, अभिकर्ता कमिशन १ प्रतिशत ४८ करोड ७८ लाख ९१ हजार रुपैयाँ र ब्यवस्थापन खर्च १६.७५ प्रतिशतले बढेर ५५ करोड ६४ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्