जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क साढे १६ करोडमा खुम्चियो, मुनाफा भने सुधार « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क साढे १६ करोडमा खुम्चियो, मुनाफा भने सुधार



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद बीमा शुल्क ओरालो लागेको छ । यस अवधिमा कम्पनीको खुद बीमा शुल्क १९.७३ प्रतिशतले घटेर १६ करोड ६१ लाख ९६ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क २० करोड ७० लाख १२ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २४.५० प्रतिशतले बढेर ११ अर्ब २० करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ करोड ३२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको लगानी कर्जा कमिशन आयमा समेत गिरावट देखिएको छ । उक्त आय चौथो त्रैमाससम्ममा आइपुग्दा ९७.६८ प्रतिशतले घटेर ३३ करोड ६८ लाख २ हजार रुपैयाँमा सिमित भएको हो ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोष १४२.५७ प्रतिशतले घटेर २४ करोड ६५ लाख १९ हजार रुपैयाँ, जगेडा कोष १४९.०३ प्रतिशतले बढेर २१ करोड ७९ लाख २ हजार रुपैयाँ, चुक्तापूँजी १अर्ब र ब्यवस्थापन खर्च २१.२३ प्रतिशतले बढेर २० करोड ९७ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्