नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा भदौ ३० गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सातौं वार्षिक साधारण सभा भदौ ३० गतेका लागि बोलाएको छ । भदौ ९ गते बसेको संचालक समितिको बैंठकले सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे आव्हान गरेको हो ।
सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
प्रस्तावित बोनस शेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १९ गते बुक क्लोज गर्ने भएको हुदाँ भदौ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
