१९ स्थानमा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

१९ स्थानमा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले शाखा कार्यालय संचालनका लागि घर बहालमा लिने भएको छ ।

कम्पनीले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि शाखा कार्यालय संचालनका लागि घर भाडामा लिन खोजेको हो ।

एक सूचना निकाल्दै कम्पनीले काठमाडौं उपत्यकाको चावहिल चोकदेखि चुचेपाटीसम्म, सूर्यविनायक/जगते/कमलबिनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टीमोडसम्म, शामाखुशी चोकदेखि गोगंबुसम्म घर भाडामा आवश्यक रहेको जनाएको छ ।

यस्तै, कम्पनीले काठमाडौं उपत्यका बाहिरका १५ जिल्लामा शाखा कार्यालय स्थापनाका लागि घर भाडामा खाजेको छ ।
शाखा कार्यालय संचालनका लागि ५ सयदेखि १ हजार वर्ग फिटसम्मको क्षेत्रफल भएको कार्य स्थल र भवन बहालमा लिन लागेको हो ।

उक्त स्थानहरुमा घर भाडामा दिन चाहाने इच्छुक घरधनीहरुले आजैका मितिले १५ दिनभित्र कम्पनीको सामान्य सेवा विभाग, थापागाउँ काठमाडौंमा आईपुग्ने गरि शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन्।

प्रस्तावति भवन तथा घर मुख्य मोटर बाटोसंग जोडिएको, सडक विस्तार योजनामा नपरेको, पानी, व्यवस्थित ढल तथा बिजुली आपूर्तिको व्यवस्था रहेको र शाखा कार्यालय कम्तीमा ४ वर्षका लागि उपलब्ध गराउनुपर्ने कम्पनीले शर्त राखेको छ ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना:


प्रतिक्रिया दिनुहोस्