हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य « Arthapath.com
२० भाद्र २०७९, सोमबार

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मनास्लु हिमालको आरोहणमा जाने तयारीमा रहेकी पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने भएको छ । नेपालको हिमाल पर्वतारोहणमा परिचित नामहरुमध्ये पूर्णिमा श्रेष्ठ एक साहासि महिला हुन्।उनी बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादैँछिन ।

नेपाल लाइफ इन्स्योरेन्सले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ। आईतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठले उक्त सहमति पत्रका हस्ताक्षर गरेका हुन्। पेशाले फोटोपत्रकार पूर्णिमाले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी छिन् ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । त्यस्तै पूर्णिमाले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा खुसी र हौसला मिलेकोे बताइन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्