बीमा समितिद्वारा एशियन लाइफको वित्तीय विवरण स्वीकृत, १५.२६ प्रतिशत लाभांश वितरण गर्ने « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

बीमा समितिद्वारा एशियन लाइफको वित्तीय विवरण स्वीकृत, १५.२६ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत भएको छ । कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरण स्वीकृत भएको हो ।

कम्पनीको विवरण बीमा समितिले भदौ २० गते स्वीकृत गरेको हो ।योसंगै कम्पनीलाई लाभांश वितरणका लागि बाटो खुला भएको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीको हालको चुक्ता पुँजीको २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत गरि कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्