नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । भदौ ८ गतेदेखि बिक्रीमा ल्याएको नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख बढी कित्ता सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो । उक्त लिलामी सेयरमा आज बुधवारसम्म आवेदन दिन सकिनेछ ।

लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघ/सस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ ।

बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरू बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्