बोनसदर घोषणामा किन हुन्छ ढिलाई ? अघिल्लो बर्षको मेटलाईफले मात्रै घोषणा ग-यो बोनसदर

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बोनस घोषणामा ढिलाई गर्दै आएका छन् । कम्पनीहरुले आर्थिक बर्ष समाप्त भएपछि सो बर्षको बोनसदर घोषणा गर्छ । बीमा एक्चुअरी मार्फत कम्पनीमो लेखापरिक्षण भएपश्चात एक्चुअरी कै निर्णयमा बोनशदर घोषणा गरिन्छ । तर, अघिल्लो आर्थिक बर्षको बोनसदर हालसम्म एउटा कम्पनीले मात्रै घोषणा गरेको छ ।
अघिल्लो बर्षको बोनसदर कम्पनीहरुले गत आवमा नै घोषणा गरिन सक्नुपर्ने हुन्छ । तर, बीमा समितिको तथ्यांक अनुसार मेट लाईफ इन्स्योरेन्सले मात्रै बोनस दर घोषणा गरेको छ ।
कम्पनीले आर्थिक बर्ष २०७७÷७८ का लागि समितिमा पठाएको बोनशदर समितिले स्वीकृति गरेको छ । जस अनुसार कम्पनीले न्यूनत्तम ५५ देखि अधिकत्तम ८० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेखको १५ बर्षे अवधिको पोलिसीमा प्रति हजार ६० रुपैयाँ घोषणा गरेको छ । १६ देखि २० बर्षे योजनाको लागि ७० र २१ व सो भन्दा माथिको अवधिको लागि जारी गरिएको पोलिसीमा प्रति हजारमा ८० रुपैयाँ घोषणा गरेको छ । यस्तो जीवन बीमापोलिसी कम्पनीले क्रमश चार हजार ७९०, तीन हजार ६०९ र एक हजार २०३ वटा जारी गरेको छ ।
त्यस्तै, सावधिक बीमालेखमा १५ बर्ष अवधिको पोलिसीमा ६० रुपैयाँ बोनशदर घोषणा गरेको छ । कम्पनीले यस्तो खालको पोलिसी २३ हजार २२३ वटा जारी गरेको छ । १६ देखि २० बर्ष अवधिको पोलिसीको लागि ७० रुप्रैयाँ घोषणा गरेको छ । यस्तो खालको पोलिसी कम्पनीले १६ हजार ३५७ वटा जारी गरेको छ । २१ व सो भन्दा मार्थिको अवधिको पोलिसीमा ८० रुपैयाँ तोकेको छ । यस्तो पोलिसी कम्पनीले तीन हजार ९८२ वटा जारी गरेको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्र्तगत १५ बर्षे योजना अवधिको पोलिसीको लागि ४५ रुपैयाँ तोकेको छ । यस्तो खालको पोलिसी कम्पनीले १९ हजार १९३ वटा जारी गरेको छ । १६ देखि २० बर्षे अवधिको पोलिसीको लागि ५५ रुपैयाँ तोकेको छ । यस्तो खालको पोलिसी कम्पनीले चार हजार ८४९ वटा जारी गरेको छ । त्यस्तै, २१ व सो भन्दा मार्थिको अवधिको पोलिसीको लागि कम्पनीले प्रति हजार ६५ रुपैयाँ तोकेको छ । यस्तो खालको पोलिसी चार हजार ७७९ वटा जारी भएको छ ।
यसरी वितरण हुन्छ बोनस
जीवनबीमा कम्पनीहरुले बीमा कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्छन् । यसरी गरिएको लगानीबाट प्राप्त आम्दानीबाट कम्पनीको सबै दायित्व र खर्च घटाएपछि बाँकी रहने आम्दानीलाई विमितहरुलाई बोनशदर वितरण गरिन्छ । सामान्य सावधिक जीवन बीमामा बीमाअवधि सकिए पछि कम्पनीले बीमा रकम र सो अवधिसम्मको बोनश रकम विमितलाई एकमुष्ट फिर्ता गर्छन् । यस बाहेक कम्पनीहरुले अन्य प्रकारका बोनश पनि वितरण गर्दै आएका छन् ।
नेपाली बीमा कम्पनीहरुले प्रदान गर्ने बोनशदर तुलनात्मक रुपमा अधिक भएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिबेक झाले बताए । ‘अन्य मुलुकको तुलनामा नेपाली कम्पनीहरुले दिने बोनश राम्रो छ । त्यसैले जीवन बीमा लगानी र बचतको राम्रो उपकरण हो,’ उनले भने ।
विभिन्न खालका बोनशहरु
मुनाफामा सरिक हुने बोनशदर : बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनशलाई मुनाफामा सरिक हुने बोनशदर भनिन्छ । यस्ता विमितले कम्पनीले नाफा आर्जन गरे अनुसार बोनश प्राप्त गर्छन् । त्यसैगरी कम्पनीहरुले मुनाफामा सरिक नुहने गरी बोनश वितरण गर्छन् ।
नगद फिर्ता बोनस योजना : बीमा अवधिमा सकिनु अगावै समय समयमा भुक्तान गरिने बोनशलाई नगद फिर्ता बोनश योजना भनिन्छ । यस्तो खालको बोनश नगद फिर्ता बीमा योजनामा प्रयोग हुन्छ । निश्चित अवधिमा कम्पनीले बीमा रकमसँगै बोनश पनि फिर्ता गर्छ । बाँकी रहेको बोनश बीमा अवधि सकिएसँगै फिर्ता गर्छ ।
संयुक्त बोनस योजना : यस्तो खालको योजनामा कम्पनीले बीमा गरेको बर्ष र दोस्रो बर्षको बोनश रकम संयुक्त रुपमा प्रदान गर्छ । यो योजना अन्र्तगत बीमा अवधि नसकिदै बिमितको मृत्यु भएमा वा ीमा अवधि सकिएमा बोनश सहित बीमा रकम प्रदान गर्छ ।
अन्तरीम बोनस योजना : कम्पनीहरुले प्रत्येक आर्थिक बर्षको अन्त्यसमा बीमाकी मूल्यांकन गरेर बोनशदर निर्धारण गर्छ । तर, आव नसकिदै बीमा अवधि समाप्त भएका बीमायोजनाको हकमा भने बिमितलाई नोक्सान नहुने गरी निर्धारण गरिने बोनदरलाई अन्तरीम बोनश योजना भनिन्छ ।