बीमाको पहुँच १६ प्रतिशतमा पुग्याे
काठमाडौं । नेपालमा बीमाको पहुँच १६ प्रतिशत भन्दा बढीमा पुगेको छ ।
बीमा समितिले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७९/८० को साउन महिनामा १६.६८ मा बीमाको पहुँच पुगेको देखाएको छ ।
यो म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको बीमा पोलिसीलाई नेपालको जनसंख्यासँग गणना गर्दा निस्किएको तथ्यांक हो । तर, सबै खालको पोलिसीलाई राखेर गणना गर्ने हो भने नेपालमा ४१.१५ प्रतिशत बीमाको पहुँच देखिन्छ । जुन बास्तविक गणना भने होईन ।
पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९७ लाख ५९ हजार ७७७ छ । तर, बीमा समितिले गत साउन महिनासम्ममा तीन करोड तीन लाख २२ हजार ७०२ अनुमानित जनसंख्यालाई आधार मानेको छ ।
कम्पनीहरुले जारी गरेको पोलिसी संख्या भने एक करोड १६ लाख १७९ रहेको छ । तर, समितिले पाँच प्रतिशत पोलिसी सरेण्डर भएको अनुमान गर्छ । सोही बमोजिम समितिले पाँच प्रतिशत घटाउँदा आएको संख्या एक करोड २४ लाख ७८ हजतार ९५० पोलिसीलाई आधार मानेको छ ।















