शेयर बापतको ५० प्रतिशत रकम जम्मा गर्ने सिटिजन लाइफका शेयरधनीले पाए थप समय « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

शेयर बापतको ५० प्रतिशत रकम जम्मा गर्ने सिटिजन लाइफका शेयरधनीले पाए थप समय



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयर बापतको ५० प्रतिशत रकम जम्मा गर्न सयम थप गरेको छ ।

कम्पनीले असोज ७ गते भित्र विद्यमान संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्ने सूचना जारी गरेको भएपनि तोकिएको अवधि भित्र माग बराबरको पूँजी नजुटेपछि कम्पनीले असोज २६ गतेसम्मका लागि सयम लम्बाएको हो ।

शेयरधनीले आफ्नो हक बराबरको पूँजी कम्पनीको केन्द्रीय कार्यालय टेकु, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक र सानिमा बैंकको खातामा जम्मा गर्न सक्ने छन् ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रहेको छ । आव्हान गरेको पूँजी विद्यमान संस्थापकले जम्मा गरे पश्चात भने चुक्तापूँजी २ अर्ब ६२ करोड पुग्नेछ । कम्पनीले सर्वसाधारणका लागि यहि पूँजीका आधारमा ३० प्रतिशत आईपीओ निष्कासन गरे पश्चात  पूँजी ३ अर्ब ७५ करोड पुग्नेछ । 

Tags :

प्रतिक्रिया दिनुहोस्