बीमा योजना र सुविधाहरु अझै चुस्त बनाउँदै नेपाल इन्स्योरेन्स

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७५ वर्ष देखि उत्कृष्ट बीमा सेवा निरन्तर रुपमा दिई आएको र आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
कम्पनीको ७५ औं वार्षिक उत्सव कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७५ औँ वर्ष पार गरि ७६ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दै यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वाश गरि सहगोग पु¥याउनु हुने सम्पूर्ण संस्थापक तथा शेयरधनीहरु, ग्राहकहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालकहरु, कर्मचारीहरु, हाल कार्यरत कर्मचारीहरु, नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरे ।
कम्पनीमा २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक र कदरपत्र पत्र प्रदान गरिएको थियो ।
कम्पनीको हाल चुक्ता पूँजी १३७ करोड रहेको र कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय सहित ५९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ ।
आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरी ग्राहकको आबश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सम्पूर्ण काम कारवाहीहरुलाई पूर्ण व्यवसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै जाने प्रण गरेको छ ।