बीमा समितिको खातामा आयो कोरोना बीमाको १ अर्ब रुपैयाँ « Arthapath.com
२३ आश्विन २०७९, आईतवार

बीमा समितिको खातामा आयो कोरोना बीमाको १ अर्ब रुपैयाँ



काठमाडौं । सरकारले कोरोना बीमाको लागि रकम बीमा समितिको खातामा जम्मा भएको छ । अघिल्लो महिना बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना बीमाका लागि १ अर्ब रुपैयाँ छुट्याउने निर्णय गरेको थियो । सो रकम समितिको खातामा जम्मा भएको हो ।

उक्त रकम वितरण गर्न समितिले अर्थ मन्त्रालयसँग पुनः छलफल गरेर मात्रै वितरण गर्ने जनाएको छ । कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ दिन बाकि भए पनि सरकारले १ अर्ब मात्र निकास गरेपछि सो रकम के कसरि वितरण गर्ने भन्ने सम्बन्धि समिति र मन्त्रालयको छलफल पछि वितरण गरिने छ ।


प्रतिक्रिया दिनुहोस्