एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बोनस कति ? « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बोनस कति ?



काठमाडौं । आज अर्थात असोज २५ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले आफ्ना सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश पाउन र सभामा भाग लिनका लागि आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात असोज २६ गते बुक क्लोज गर्ने भएको हो । यसका आधारमा आजसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्