हेर्नुहोस्, यस्तो छ एशियन लाइफको साधारण सभाको माईन्युट ! « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

हेर्नुहोस्, यस्तो छ एशियन लाइफको साधारण सभाको माईन्युट !



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा असोज १३ गते सम्पन्न भएको छ । उक्त साधारण सभाको निर्णय (माईन्युट) कम्पनीले मंगलबार (असोज २५ गते) नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा पेश गरेको छ ।

कम्पनीको साधारण सभाले १५.२६ प्रतिशत लाभांश पारित गरेको माईन्युटमा उल्लेख छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सभाले कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित पारित गरेको छ ।

यस्तो छ साधारण सभाका माईन्युट


प्रतिक्रिया दिनुहोस्