वैदेशिक रोजगार बीमाबाट एक महिनामा ३१ करोड ६८ लाख बीमा शुल्क आर्जन « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

वैदेशिक रोजगार बीमाबाट एक महिनामा ३१ करोड ६८ लाख बीमा शुल्क आर्जन



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट साढे ३१ करोड बढी बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिले हालै प्रकाशित गरेको चालु आवको भदौ महिनासम्मको तथ्याङ्क अनुसार वैदेशिक रोजगार बीमाबाट जीवन बीमा कम्पनीले ३१ करोड ६८ लाख ७२ हजार रुपैयाँ शुल्क आर्जनक गरेका हुन् ।

भदौ महिनामा कम्पनीहरुले ७८ हजार ६७ बीमालेख जारी गरेका छन् । समितिका अनुसार उक्त अवधिमा बीमाङ्क रकम भने १९ अर्ब ६ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

उक्त अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट सबैभन्दा धेरै बीमा शुल्क सन नेपाल लाइफले गरेको छ । कम्पनीले भदौ महिनामा १४ करोड ९२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले ३४ हजार २१६ बीमालेख जारी गरेको थियो ।

यस्तै, भदौ महिनामा सूर्या लाइफले ६ करोड ३६ लाख ३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । उक्त अवधिमा कम्पनीले १६ हजार ८९ बीमालेख जारी गरेको थियो ।

चालु आवको भदौ महिनामा ज्योति लाइफले ३ करोड ४ लाख ३६ हजार, सानीमा लाइफले २ करोड ८५ लाख ३२ हजार, सिटिजन लाइफले २ करोड ३१ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरि रिलायवल लाइफले २ करोड १२ लाख ७९ हजार, आइएमई लाइफले ९८ लाख ९३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिको तथ्याङ्कमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्