आइएमई लाइफका पाँच संचालक तथा पदाधिकारी, कसको कति–कति कित्ता छ सेयर ?

काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ ।
जीबन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको शेयर पूँजी थप गर्ने, सेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निश्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।
सभामा बोल्दै डा. अर्यालले बीमितको आवश्यकता अनुसारको विविध बीमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरुका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु एवं अन्य संघ संस्थाहरुको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुदै गएको बताए ।
यस्तो छ कम्पनीका संचालक तथा पदाधिकारीहरुको सेयर स्वामित्व विवरण
कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालयको २५ हाजर कित्ता सेयर स्वामित्व रहेको प्रतिवेदनमा उल्लेख छ । यो आव २०७७÷७८ को असार मसान्तसम्मको विवरण हो ।
यस्तै, ग्लोबल आइएमई बैंकको प्रतिनिधि दिप चन्द्र रेग्मीको व्यक्तिग सेयर नभएको तर प्रतिनिधित्व गर्ने बैंकको भने २० लाख कित्ता सेयर रहेको कम्पनलिे जनाएको छ ।
कम्पनीका अर्का संचालक संजय अधिकारी को १ लाख कित्ता, युगेश भत्ता वादे श्रेष्ठको व्यक्ति १० हजारकित्ता र प्रतिनिधित्व् गर्ने कम्पनीको १ लाख कित्ता सेयर रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरि गरि स्वतन्त्र संचालक अश्विीनी कुमार ठाकुरको भने नरहेको कम्पनीले जनाएको छ ।
सीईओ तथा पदाधिकारीको तलब भत्ता कति ?
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयालले ६६ लाख बढी तलब, भत्ता बुझेका छन् ।
कम्पनीले सीईओ फुयाललाई आर्थिक वर्ष २०७७/७८ मा तलब, भत्ता, दशैं खर्च लगायत अन्य सम्पूर्ण गरि ६६ लाख १४ लाख १३९ रुपैयाँ भुक्तानी गरेको हो ।
उक्त आवमा कम्पनीले संचालकहरुको बैठक भत्ता एवं सुविधा बापत २४ लाख २ हजार २०९ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, अन्य व्यवस्थापनका पदाधिकारीहरुलाई भने कम्पनीले १ करोड १५ लाख १६ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ ।