भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै यी दुवै कम्पनी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै यी दुवै कम्पनी



काठमाडौं । भोलि अर्थात कात्तिक ७ गतेदेखि सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गर्ने भएका छन् ।

यी दुवै कम्पनीले एक आपसमा गाभिएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएका हुन् । दुवै एक भएपछि अब सानिमा जनरल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने लागेको हो ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा समितिले असोज १४ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

हाल सानिमाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जनरलको पनि १ अर्ब रुपैयाँ नै चुक्ता पुँजी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्