नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार (कात्तिक १७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ कात्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आफ्नो २२औं बार्षिक साधारण सभा मंसिर ८ गतेका लागि बोलाएको छ । सभा होटल भिष्वा, विरगंज (पर्सा) मा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७÷०७८ का वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गर्ने, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने कार्यसूची समेत सभामा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्